Aamsanchar

झापाको बुद्धशान्तिमा मृत अवस्थामा हात्ती फेला, मृत्युको कारण पत्तालगाउन विशेषज्ञ टोली आउदै

Author Image
शुक्रवार, असार १७, २०७९

बुद्धशान्ति । झापाको बुद्धशान्ति–५ आयाबारीमा मृत हात्ती भेटिएको छ ।

स्थानीय मिना कार्कीको घर पछाडि खेतमा हात्ती मृत अवस्थामा भेटिएको हो । के कारणले मरेको हो बिज्ञ आएर बताउने भएको छ । हाल मृत हात्तिलाई स्थानिय, जिल्ला वनका कर्मचारी र वनरक्षकले सुरक्षा घेरामा राखेका छन।

हात्ती मर्नुको कारण बिज्ञ आएर अध्ययन गरी जानकारी हुने जिल्ला वन कार्यलयका रेन्जर कुलप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार दाह्रा हेर्दा हात्ती किशोरावस्थाको हुनसक्छ।

 

 

Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर