Aamsanchar

इन्टरनेशनल स्कूल स्पोर्ट फेडेरेसन (आइएस एफ) को कार्यसमिति बैठक मोरक्को राजधानी रबटमा 

Author Image
शुक्रवार, असार १७, २०७९

इन्टरनेशनल स्कूल स्पोर्ट फेडेरेसन ९आइएस एफ० को कार्यसमिति बैठक मोरक्को राजधानी रबटमा सम्पन्न भएको छ ।
पहिलो दिनको बैठले २०२२ / २०२३ का प्रतियोगिताहरु को लागि आइएस एफका कार्यकारी सदस्य राज कुमार कार्की लाई प्रतिनिधि नियुक्त गरिएको छ ।

पहिलो दिन २०२२२०२३ विभिन्न देशको खेलकुद योजनाहरूको बारेमा छलफल भएको थियो। दोस्रो दिन २०२४/ २०२८ सम्मको बिभिन्न देशमा आयोजना हुने खेलकुद योजनाहरूको बारेमा छलफल हुनेछ ।

आइएस एफका कार्यकारी सदस्य राज कुमार कार्की ।

मोरक्कोमा आइएस एफ कार्यकारी समितिको २०२२/२०२३ का कार्यक्रमहरूका लागि विभिन्न देशका प्रतिनिधिहरू नियुक्त गरिएको थियो। जसमा इन्टरनेस्नल स्कूल स्पोर्ट फेडेरेसनको नेपालबाट निर्वाचित कार्यकारी सदस्य राजकुमार कार्की प्रतिनिधिको रूपमा नियुक्त भएका छन्।
कार्की ले भने ‘नेपालबाट आइएस एफ कार्यकारी समितिको २०२२/२०२३ का कार्यक्रमहरूका लागि प्रतिनिधिको रूपमा नियुक्त हुन पाउँदा खुशी छ’ आउने दिनमा थप विश्वास साथ नेपाली खेलकुद र नेपाल राष्ट्रलाई चिनाउन प्रयास गर्ने छु’ ।

साथै नेपाल राष्ट्रको खेलकुदको वृद्धि विकासका लागि पहल गर्ने खेलकुद प्रवर्द्धनका लागि बैठकमा आफ्नो भनाइ राखेको र आउने दिनमा विभिन्न कार्यक्रम नेपालमा गर्न पहल गरेको उनको भनाइ छ ।

इन्टरनेस्नल स्कूल स्पोर्ट फेडेरेसनको फ्रान्समा भएको साधारणसभा बाट नेपालको प्रतिनिधित्व गर्दै राजकुमार कार्की कार्यकारी समितिको सदस्यमा गत जेठमा निर्वाचित भएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 403

प्रतिक्रिया (०)