Aamsanchar

आजको मौसम : पूर्वानुमान महाशाखाले २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी

Author Image
शनिवार, असार १८, २०७९

देशका विभिन्न स्थानमा रातिदेखि वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार अहिले (शनिबार बिहान ६:५३ बजे सोधिएको)  प्रदेश नं १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

‘अहिले काठमाडौं, काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, नवलपुर, म्याग्दी, स्याङ्जा, दाङ, बैतडीलगायत खासगरी देशको पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ’, मौसमविद् सापकोटाले भने।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना छ।

बुलेटिनअनुसार राती देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र अन्य भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

वरिष्ठ मौसमविद् सापकोटाका अनुसार अहिले वर्षा भइरहेको स्थानमा पानी पर्न कम हुँदै गए पनि मध्याह्नपछि पुनः वर्षा हुने सम्भावना छ।
‘काठमाडौं हकमा अहिले सुधार भइरहेको छ र अब एक दुई घण्टा पानी पर्न रोकिन सक्छ’, उनले भने, ‘तर मध्याह्नपछि र साँझ हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ।’

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

जसमा भनिएको छ स् देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका तराई क्षेत्रमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन÷यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

Views: 580

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
बुधवार, फागुन २७, २०८२
आजको माैसम
सोमवार, फागुन २५, २०८२
कहिले खुल्छ आकाश ?
आइतवार, फागुन २४, २०८२