Aamsanchar

बुहारीलाई जबरजस्ती करणी गर्ने जेठाजु पक्रेउ

Author Image
शनिवार, असार १८, २०७९

गुल्मी : भाइबुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् ।  १९ वर्षीया भाइबुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा धुर्कोट गाउँपालिका ६ स्थित ३५ वर्षीय जेठाजु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी भीमबहादुर दाहालले यही असार १४ गते  दिउँसो  ३ बजे गोठमा भाइबुहारीलाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा उनलाई  पक्राउ गरिएको जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
1
Views: 411

प्रतिक्रिया (०)