Aamsanchar

इरानमा ६.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प

Author Image
शनिवार, असार १८, २०७९

काठमाडौं : दक्षिणी इरानमा शनिबार बिहान ६.१ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्पमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ। अहिलेसम्म कम्तीमा १२ जनालाई अस्पतालमा भर्ना गरिएको  छ।

भूकम्पको केन्द्रबिन्दु इरानको बन्दरगाह सहर बन्दर अब्बासबाट करिब एक सय किलोमिटर टाढा थियो। त्यसपछि पनि सो क्षेत्रमा ६ दशमलव ३ रेक्टर स्केलका थप दुई शक्तिशाली भूकम्प गएको थियो।

आज मात्रै त्यहाँ एक दर्जन भन्दा बढी परकम्प गएको सरकारी न्यूज एजेन्सी आईआरएनएले जनाएको छ। जसका कारण इरानको खाडी तट नजिकैको साइह खोश गाउँ पूर्णरूपमा ध्वस्त भएको समाचारमा जनाइएको छ।

Views: 356

प्रतिक्रिया (०)

सम्बन्धित खबर