Aamsanchar

कनकाई नगरपालिकाको पहिचान धार्मिक तथा पर्यटकीय स्थल !

Author Image
सोमवार, असार २०, २०७९

झापाको कनकाई नगरपालिकाले धार्मिक तथा पर्यटकीय स्थललाई नगरको पहिचानको रुपमा स्थापित गर्ने भएको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरका प्रत्येक वडा भित्र रहेका धार्मिक तथा पर्यटकीय स्थललाई जोडेर नगरको पहिचानको रुपमा स्थापित गर्ने सपना रहेको बताएका छन् ।

नगर प्रमुख पोखरेलले सोमवार (आज) नगरको सभाहलमा रिपोर्टर्स क्लब नेपाल मेची शाखाद्धारा आयोजित ‘स्थानीय आवश्यकता र बजेटको प्राथमिकता’ बिषयक जनप्रतिनिधिसँग साक्षात्कार कार्यक्रममा बोल्दै नगरसँग भएको स्रोतसाधनलाई प्रयोग गरेर बजेट तथा कार्यक्रमहरु ल्याएको बताएका हुन् ।

उनले आर्थिक बर्ष २०७९/०८० को बजेटमा संमग्र नगरका विविध बिषयलाई समेटेरको बताएका छन् । नगर प्रमुख पोखरेलले  नगरसँग भएको स्रोतसाधनका आधारमा नीति तथा कार्यक्रम ल्याइएको बताए । ‘उत्पादन क्षेत्रलाई चारैतीरबाट जोड्ने प्रयास गरेका छौं’ नगर प्रमुख पोखरेलले भने ‘अर्गानिक तरकारी उत्पादनका लागि बजेट नै छुट्याएका छौं ।’ उनले नगरमा हुने बिपद् न्युनिकरण, कृषि बजारका रुपमा टहरा, धार्मिक तथा पर्यटकीय क्षेत्रको बिकास, युवा स्वरोजगार कार्यक्रम, बालमैत्री नगर, नगर अस्पताल, कनकाई, अर्जुनधारा र बिर्तामोड नगर मिलेर फोहोरमैला ब्यवस्थापन, शिक्षालगायत सवै क्षेत्रलाई समेटेर नीति तथा कार्यक्रम ल्याएको जानकारी दिए ।

त्यस्तै नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले नगरका सवै राजनीतिक दल र संघ/संस्थाका प्रतिनिधिहरुको सल्लाह सुझाव तथा उपस्थितिमा नगरको नीति, कार्यक्रम तथा बजेट ल्याएको बताइन् । रिपोर्टर्स क्लबको आयोजना तथा कनकाई नगरको आर्थिक सहयोगमा भएको साक्षात्कार कार्यक्रममा नगरका वडा नं. १ वडाअध्यक्ष सुशिलकुमार पोखरेल, २ का वडाअध्यक्ष बलराम राई, वडा नं. ३ का वडाअध्यक्ष युवराज चम्लागाई, वडा नं. ७ की वडा सदस्य अरुणा सुब्बा, जिल्ल समन्वय समिति झापा सदस्य सन्तोष सुरेनलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । क्लवका अध्यक्ष शेखर सेडाईले कार्यक्रमको अध्यक्षता, स्वागत र कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमलाई क्लबका उपाध्यक्ष तुलसीप्रसाद निरौलाले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 528

प्रतिक्रिया (०)

सम्बन्धित खबर