Aamsanchar

आजको मौसम बारे जानकारी

Author Image
बिहिवार, असार २३, २०७९

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले प्रदेश १, वागमती र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति सुदूरपश्चिम, वागमती, लुम्बिनी र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको अनुमान गरिएको छ ।

आगामी २४ घण्टामा देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू(भागमा भू(क्षय, पहिरोको साथै नदी नाला तथा खहरे खोलामा बाढी आउन सक्ने भन्दै आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउनु अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 424

प्रतिक्रिया (०)

सम्बन्धित खबर