Aamsanchar

बेलायतका प्रधानमन्त्री जोनसनद्वारा पार्टीको नेताबाट राजीनामा

Author Image
बिहिवार, असार २३, २०७९

काठमाडौं – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिएका छन् ।

शरद ऋतुसम्म प्रधानमन्त्रीमा भने रहिरहने उनले बताए । पछिल्लो समय एकपछि अर्को मन्त्रीले राजीनामा दिएपछि जोन्सनमाथि सरकार छाड्नुपर्ने दबाव बढेको थियो ।तर उनले प्रधानमन्त्रीको साटो पार्टी नेताबाट राजीनामा दिएका हुन् ।यौन दुर्व्यवहारमा संलग्न रहेका व्यक्तिलाई उनको विगतबारे जानकारी हुँदा हुँदै पनि नियुक्ति दिएको पाइएपछि जोन्सनको कार्यक्षमतामाथि प्रश्न उठाउँदै केही मन्त्री र सरकारका सहयोगीहरुले राजीनामा दिएका थिए ।

Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर