Aamsanchar

प्रदेश नम्बर १ को नामकरणका लागि छलफल शुरु

Author Image
शुक्रवार, असार २४, २०७९

विराटनगर : प्रदेश नम्बर १ को नामकरणका लागि राजनीतिक दलका नेताहरूबीच छलफल शुरु भएको छ। नामका लागि छलफल गर्न सरकारले गठन गरेको कार्यदलले शुक्रबार मुख्यमन्त्री कार्यालयमा प्रदेशको नामकरणसम्बन्धी छलफल आयोजना गरेको हो। ७ वटा प्रदेशमध्ये ६ वटा प्रदेशले नाम र राजधानी पाएसँगै राजधानी मात्रै पाएको प्रदेश १ का प्रदेशसभा सदस्यका साथै सरकारमाथि नामकरणको  दबाब परेको छ।

छलफलमा कांग्रेस दलका नेता राजीव कोइराला, प्रमुख सचेतक सूयर्माराज राई, एमाले दलका नेता तथा पूर्वमुख्यमन्त्री भीम आचार्य र हिक्मत कार्की, माओवादीका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो, जसपाका स्वास्थ्यमन्त्री जयराम यादवका साथै संघीय लिम्बुवान राष्ट्रिय मंचकी सामाजिक विकासमन्त्री विष्णु तुम्बाहाम्फे सहभागी रहेको छ।

Views: 416

प्रतिक्रिया (०)

सम्बन्धित खबर