Aamsanchar

मेचीनगरमा पञ्चायती शैलीका कर्मचारी, काम गर्न पहुँचवालालाई सजिलो, सर्वसाधारणलाई सास्ती

Author Image
शुक्रवार, असार २४, २०७९

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीचको तालमेल नमिल्दा सेवाग्राहीले दुःख पाएका छन् । जनप्रतिनिधिले जनताको भावना बुझेर प्रक्रिया अघि बढाउन आदेश दिए पनि कर्मचारीले भने नीति र नियमका कुरा गरेर सेवाग्राहीलाई लामो समय झुलाउने गरेको एक सेवाग्राहीले बताए । उनले भने कर्मचारीहरु पञ्चायती शैलीका छन् । पहुँच हुने हरुको काम सजिलै हुन्छ, सर्वसाधारणलाई भने सास्ती दिन्छन् ।

नगरपालिकाका कर्मचारी ‘राजा’ बन्न खोज्दा सेवाग्राही मारमा परेका हुन् । एउटा फायल बोकेर नगरपालिका छिरेका सेवाग्राही तीन दिनसम्म धाउँदा पनि काम नभएपछि निराश भएर फर्किने गरेका छन् । नगरपालिकाले प्रक्रिया पुगेको विकास निर्माणको फायलसमेत कर्मचारीले गर्दा अगाडि बढ्न नसकेको बताइएको छ । नगरपालिकाले खरिद गरेर स्टोरमा राखेको सामग्री दिन पनि कर्मचारीले आलटाल गर्ने गरेका छन् ।

विकास निर्माणको फायल बोकेर आएका सेवाग्राहीलाई यो वा त्यो प्रक्रिया पूरा गरेर आउनू भनी अल्झाउने गरेको शुक्रवार नगरपालिका कार्यालयमा भेटिएका एक सेवाग्राहीले बताए । ती सेवाग्राहीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘हाम्रो नगरपालिकामा कर्मचारी डन भए, जनप्रतिनिधि निरीह बने ।’

मेचीनगर नगरपालिकामा कर्मचारी ‘डन’ भएको बेलाबेला समाचार आउने गर्दछ । सेवाग्राहीको छिटो र सजिलो गरी प्रक्रिया पुर्याएर काम अगाडि बढाउनुको साटो दुःख दिने काम गर्नु ठीक होइन ।
मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरपालिकामा हुने गरेको ढिलासुस्ती रोक्न आफूहरु लागि परेको बताए । उनले नगरपालिकामा देखिएको बेथिति अन्त्य गर्न सिस्टमको अभ्यास सुरु गरेको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 30

प्रतिक्रिया (०)