बिर्तामोड । रोटरी क्लब अफ बिर्तामोड र रोट्रयाक्ट क्लब अफ बिर्तामोडको पद हस्तान्तरण भएको छ । सन् २०२२/ २३ को जुलाई १ तारिकदेखि कार्यभार सम्हाल्ने गरि नयाँ समितिहरूको हिजो (सोमबार) विर्तामोडमा एक कार्यक्रमका बिच पदस्थापन गरिएको हो ।
कार्यक्रममा रोटरी र रोट्रयाक्टका समितिहरुले औपचारिक रुपमा एक बर्षका लागि कार्यभारको जिम्मा लिएका हुन् ।
रोटरीको १३ औं पदस्थापन हो भने रोट्रयाक्टको १० औं पदस्थापन कार्यक्रम हो । कार्यक्रममा रोटरीका नयाँ अध्यक्ष ओमकृष्ण बिमली र रोट्रयाक्टका नयाँ अध्यक्ष बसन्त ढकालले सपथ लिँदै आगामी कार्यकालका लागि पदभार ग्रहण गरेका थिए ।
मानव सेवाका लागि काम गर्ने संस्था रोटरी भएकाले आफूले फरक ढंगले काम गर्ने रोटरीका अध्यक्ष बिमलीले प्रतिबद्धता व्यक्त गरेका छन् । उनले विपदमा सहयोगी भूमिकामा रोटरी अग्रस्थानमा उभिने बताए।
बर्ष २०२२–०२३ का लागि वोर्डमा निर्वतमान अध्यक्ष नविन गट्टानी, पे्रसिडेन्ट इलेक्ट वविता गिरी, प्रेसिडेन्ट नोमिनी सुरेश अग्रवाल, उपाध्यक्ष पहिलो प्रकाश शिवाकोटी, उपाध्यक्ष दोस्रो दिपक गिरी, सचिव सञ्जिव घिमिरे, कोषाध्यक्ष आमोद आचार्य, सह–कोषाध्यक्षमा सुशिल अग्रवाल चयन भएका छन् । त्यसैगरी डाईरेक्टर चियर निकिता गिरी, डाईरेक्टर चियर मेम्बरसिप मिनप्रकाश मैनाली, डाईरेक्टर पव्लिक रिलेशन निर्मल भट्टराई, डाईरेक्टर चियर सर्भिस प्रोजेक्ट बिनोद बस्नेत, डाईरेक्टर चियर टिआरजे राजकुमार पोखरेल, डाईरेक्टर चियर युथ सर्भिस डा. सन्ध्या राठी, एसजिटी–एआरएकएस कुमार गिरी, क्लव सल्लाहकार सुरेश वंशल, क्लव ट्रेनरमा कुमार गिरी रहेका छन् ।
कार्यक्रममा प्रमुख आतिथ्यता निवर्तमान डिष्ट्रिक अभर्नर सन्तोष रिजालको रहेको थियो । कार्यक्रमको सञ्चालन डा. सन्ध्या राठी र प्रज्वल बिमलीले गरेका थिए ।