Aamsanchar

जम्मु–काश्मीरमा आतंकवादी र सुरक्षा बलबीच मुठभेड, दुई आतंकवादी मारिए

Author Image
मङ्गलवार, असार २८, २०७९

नयादिल्ली – जम्मु–काश्मीरको सोपियान जिल्लाको रेबन क्षेत्रमा हिजो राति सुरु भएको आतंकवादी र सुरक्षा बलबीचको मुठभेड आज पनि जारी रहेको प्रहरीले जनाएको छ । प्रहरी र सेना आतंकवादीहरूसँग डटेर मुकाबिला गरिरहेका तथा विस्तृत विवरणको प्रतीक्षा भइरहेको प्रहरीले  बताएको छ ।

अघिल्लो दिन पनि कैसर कोकाको रूपमा परिचित प्रतिबन्धित जसिह–ए–मोहम्मद (जेएम) आतंकवादी संगठनसँग आबद्ध  आतंकवादी अवन्तिपोरामा भएको मुठभेडमा फसेको काश्मिरका अतिरिक्त प्रहरी महानिरीक्षकले बताएका छन् । विशेष सूचनाको आधारमा संयुक्त खोज अभियानमा जुटेका प्रहरी, सेना र सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सीआरपीएफ)का जवानबीच भएको भिडन्तमा दुई जना आतंककारी मारिएका छन् ।

Views: 251

प्रतिक्रिया (०)

सम्बन्धित खबर