Aamsanchar

महानगरका मेयर बालेन र फिल्मकर्मीबीच छलफल, राखे तीन माग

Author Image
मङ्गलवार, असार २८, २०७९

काठमाडौं – मनोरञ्जन कर, डिजिटल बोर्ड र कल्याणकारी कोषको विषयलाई लिएर काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र फिल्मकर्मीबीच मंगलबार छलफल भएको छ ।

अशोक शर्माको नेतृत्वमा छलफलमा सहभागी फिल्मकर्मीले मेयर बालेनले यसअघि प्रतिबद्धता जनाएअनुसार मनोरञ्जन करमा २ प्रतिशत छुट दिनुपर्ने, प्रचारप्रसारका लागि डिजिटल बोर्डमा सघाउनुपर्ने र विद्यमान कल्याणकारी कोषको रकम वृद्धि गर्नुपर्ने माग राखे ।अहिले महानगरले निश्चित स्थानमा मात्रै डिजिटल बोर्ड स्थापना गर्न अनुमति दिएको छ । जसले गर्दा फिल्मको प्रचारप्रसारमा समस्या भएको छ । फिल्मकर्मीले यसतर्फ सहजीकरण गर्न मेयर बालेनलाई आग्रह गरेको बैठकमा सहभागी अभिनेता तथा निर्देशक निर्मल शर्माले जानकारी दिए ।साथै, अभिनेत्री वसुन्धरा भुसालको नेतृत्वमा चलचित्र विकास बोर्डमा रहेको चलचित्रकर्मी कल्याण कोषमा रकम वृद्धि गर्न सघाउन माग गरिएको छ । अहिले कोषले स्वास्थ्य परिस्थिति हेरेर एक लाख रुपैयाँसम्म सहयोग गर्दै आएको छ ।मनोरञ्जन करमा छुट दिन सकिए कोरोना प्रभावित उद्योगलाई राहत मिल्ने फिल्मकर्मीहरुले बताए । बालेन मेयरमा निर्वाचित भए लगत्तै २ प्रतिशत मनोरञ्जन करमा छुट दिने घोषणा गरेका थिए ।छलफलमा अशोक शर्मा, निर्मल शर्मा, दीपाश्री निरौला, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, रविन्द्र खड्का लगायत सहभागी थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर