

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे देश छोडेर भागेका छन् । आर्थिक संकटका कारण जारी विरोध प्रदर्शनबीच उनी एक सैनिक विमानमार्फत भागेका हुन् ।

७३ वर्षीय राजपक्षे माल्दिभ्सको राजधानी माले पुगेका छन् । स्थानीय समयानुसार बुधबार बिहान ३ बजे उनी त्यहाँ पुगेको बीबीसीले जनाएको छ ।

राजपक्षे भागेसँगै श्रीलंकामा दशकौँदेखि चल्दै आएको एक परिवारको शासनको अन्त्य भएको छ । गएको शनिबार त्यहाँका प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका थिए । त्योसँगै राजपक्षे अज्ञातस्थलमा लुकेका थिए ।

Views: 547

