Aamsanchar

गभर्नर अधिकारीको विरुद्धमा लगानीकर्ताहरू, भन्डाफोर गर्दै राजीनामा समेत माग

Author Image
बुधवार, असार २९, २०७९

धितोपत्र बजारका लगानीकर्ताहरूले गभर्नर महाप्रसाद अधिकारी विरुद्ध आन्दोलन चर्काउने भएका छन् । राष्ट्र बैंकको जिम्मेवार पदमा बहाल रहेकै समयमा गभर्नर अधिकारीको नेकपा एमाले पार्टीको विभागीय जिम्मेवारीमा समेत नाम जोडिएर आएपछि लगानीकर्ताहरु आन्दोलित भएका हुन् ।

यसअघि देखिनै रुष्ट लगानीकर्ताहरूले गभर्नर अधिकारी विरुद्ध बुधबार दिउँसो ४ः३० बजे माइतीघरमा विरोध प्रदर्शन गर्ने भएका छन् । गभर्नर अधिकारीले गभर्नरभन्दा बढी पार्टीको कार्यकर्ताको रुपमा परिचालित भएको भन्दै लगानीकर्ताहरूले त्यसको भन्डाफोर गर्दै राजीनामा समेत माग गर्ने बताएका छन् । शेयर लगानीकर्ता रोशन कार्कीले गभर्नरको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन गर्न लागिएको जानकारी दिए ।

यसअघि नै गभर्नर अधिकारीले ४ / १२ को नीति ल्याएर सेयर बजारलाई नियन्त्रण गर्न लागेपछि लगानीकर्ताहरु उनीसँग रुष्ट बन्दै आएका छन् ।

आजै प्रतिनिधिसभामा बोल्दै काँग्रेस महामन्त्री गगन थापाले शेयर बजारमा सुधार गर्ने भनेर ल्याइएको ४–१२ को नीतिले ठूला घरानालाई पोस्ने, सानालाई कस्ने काम भएको बताएका थिए । ‘शेयर बजारमा सुधार गर्ने भनेर ४–१२ को नीति ल्याइयो । यसलेले ठूला घरानालाई पोस्ने, सानालाई कस्ने काम भयो,’ उनले भने । राष्ट्र बैंकले जे सोचेको भए पनि अपेक्षा गरेको परिणाम न आइसकेपछि अब यसलाई सच्याउनुपर्ने थापाको जोड छ। उनले भने, ‘यसलाई सच्याइएन, बन्द गरिएन भने लाखौं शेयरमा लगानी गरेका साना लगानीकर्ताहरु सडकमा आइपुग्छन् ।’

मंगलबार एमालेको अर्थ तथा योजना विभागको सदस्यमा ‘एम अधिकारी, खोटाङ’ भन्ने विवरण सार्वजनिक भएसँगै लगानीकर्ताहरु आन्दोलित भएका छन् ।यद्यपि, एम अधिकारी स्वयम् गभर्नर अधिकारी नै हुन् वा होइनन् सो भने अहिलेसम्म पुष्टि हुन सकेको छैन । विभागीय जिम्मेवारीमा रहेको उक्त व्यक्ति आफू नभएको अधिकारीको दाबी छ । नेकपा एमालेका नेताहरुले पनि एम अधिकारी गभर्नर अधिकारी नभएको बताइरहे पनि ती व्यक्ति को हुन् भनेर स्पष्ट पार्न सकेको छैन । रातोपाटीबाट साभार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 298

प्रतिक्रिया (०)

सम्बन्धित खबर