Aamsanchar

सुरुंगाको श्री हरिकुलमा अर्थपूर्ण गुरु पूर्णिमा मनाईयो

Author Image
बुधवार, असार २९, २०७९

कनकाई । आज गुरुपूर्णिमा को दिन झापाको कनकाई नगरपालिका–३, सुरुंगामा रहेको श्री हरिकुल नमुना माध्यमिक विद्यालयमा अर्थपूर्ण गुरु पूर्णिमा  मनाईएको छ ।  विद्यार्थीहरुलाई गुरु पूर्णिमाको महत्व बारे जानकारी दिने उदेश्यले विद्ययालय प्रसाशनले माथिल्लो कक्षामा अध्ययनरत करिव १ सय ५० जना विद्यार्थीलाई भेला गरेर गुरु पूर्णिमाको महत्व, औचित्य र आवस्यकताको बारेमा जानकारी प्रदान गरेको हो ।

विद्यार्थीसहित अभिभावकहरु पनि कार्यक्रममा उपस्थित रहेको विद्यालयका शिक्षक सन्दिप मरासनीले आमसंचारलाई बताए ।

नेपालको प्रथम महिला शंकराचार्यको उपाधीले चर्चामा रहेर धर्म तथा नैतिक शिक्षा प्रचारक कार्यक्रकी प्रमुख अतिथि हेमानन्द गिरीले विद्यार्थीहरुलाई गुरु र शिष्यको बारे हुनुपर्ने गुणको बारेमा जानकारी गराएकी थिईन । झापामा गिरी प्रथम महिला शंकराचार्यको उपाधीले चर्चामा रहेकी छन् । यद्धपी उनले प्राप्त गरेको भनिएकोे शंकराचार्य पद् विवादमा रहेको छ । नेपाल सरकारले यस पदको बारेमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन् ।

गुरु पूर्णिमा मनाउदै विद्यालयका संरक्षक शिक्षा सेवी चन्द्रप्रसाद मैनालीलाई सम्मान पनि गरिएको थियो । प्रमुख अतिथि गिरीले सम्मान गरेकी थिईन् ।

डा. गृशा रावलको अध्यक्षतामा आयोजित कार्यक्रममा कनकाई नगरपालिकाका उप–प्रमुख आशा शर्मा शिवाकोटीलयातका विशिष्ठ व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्वागत प्रिन्सिपल रोशन के.सी.ले स्वागत गरेका थिए भने संचालन शिक्षक सन्दिप मरासनीले गरेका थिए ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 34

प्रतिक्रिया (०)