Aamsanchar

पतञ्जली योग समिति दाङले मनायो गुरु पुर्णिमा

Author Image
बुधवार, असार २९, २०७९

दाङ । पतञ्जली योग समती दाङले तुलसीपुरमा गरुपुर्णिमा पर्वको अवसरमा कार्यक्रम गरेको छ । समितिले त्रिसिद्धेश्वरी मन्दिरको योग भवन सचिवालयमा विविध कार्यक्रमको आयोजना गरेर गुरु पुर्णिमा पर्व मनाएको हो ।

योग ऋषि स्वामी रामदेव र आयुर्वेद शिरोमनी बाल कृष्णजी महाराजको स्मरण गर्दै सर्द्धाभाव व्यक्त गरेर गुरुपूर्णिमा पर्व मनाएको हो । त्यस अवसरमा पतञ्जली योगका तत्कालिन राप्ती अञ्चलकै सस्थापक योग पिता पतञ्जली योग लुम्बिनि प्रदेशका वरिष्ठ सल्लाहकार गुरु देवराज आचार्यले गुरु शिष्य परम्परा र महत्वलाई उजागर गर्नुभयो ।

त्यस अवसरमा योग पिता राप्ती अञ्चलका अर्का सस्थापक पतञ्जली योग लुम्बिनी प्रदेश महासचिव गुरु घनश्याम अधिकारीले शुभभाव राख्नुभयो । पतञ्जली योग समिति जिल्ला समिती दाङका बरिष्ठ उपाध्यक्ष बिनोद चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

त्यसअवसरमा नवगठित तुलसिपुर उपमहानगर समिति दिपक साहको अध्यक्षतामा १७ सदस्यीय घोषणा भएको छ । यस्तै वडा नम्बर ५ ६,७,८,९ मा वडा समिती र साधनाकेन्द्र स्तरीय समिती समेत घोषणा भएको छ । त्यस अवसरमा प्रदेश प्रशिक्षक प्रशिक्षक प्रमुखले यज्ञ समेत गराउनुभयो ।

नव घोषित नगर अध्यक्षले शाहले जिम्मेवारी पुरा गर्ने पर्तिवद्धता जाहेर गर्नुभयो । निवर्तमान नगर अध्यक्ष प्रलाहद साहको स्वागत मन्तव्यबाट सुरु भएको सत्यसंगको सहजीकरण जिल्ला युवा कोषाअध्यक्ष टेकबहादुर खड्काले गर्नुभएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 312

प्रतिक्रिया (०)

सम्बन्धित खबर