
सिरहा – शनिबार साँझ आएको हावाहुरीका कारण घरको पर्खाल भत्किँदा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका-२ मकरमपुरका ६० वर्षीया किसुनवती यादवको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालका अनुसार यादवको मृत्यु भएको जानकारी दिए। हावाहुरीबाट भएको क्षतिको विवरण संकलन भइरहेको उनले बताए।
यसैगरी लहान नगरपालिका-१९ कट्हाका बेचन यादवको घरको छानो उडाएको हो। हावाहुरीले फलेको आँपमा व्यापक क्षति गरेको छ ।

Views: 13


