
काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका सन्दर्भमा बहालवाला सांसद एवं हामी नेपाल संस्थाका अध्यक्ष सुधन गुरुङमाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ।
शान्तिपूर्ण प्रदर्शन गर्ने भनी प्रशासनसँग अनुमति लिए पनि प्रदर्शन हिंसात्मक हुन नदिन र घुसपैठ रोक्न नसकेको देखिएको भन्दै थप अनुसन्धान गर्न आयोगले भनेको हो। निवर्तमान गृहमन्त्री गुरुङसहित पुरुषोत्तम यादव सबल गौतम अंकित मल्ल खेमराज साउदलाई पनि अनुसन्धान गर्न आयोगको सिफारिस छ।
प्रदर्शनलाई सामाजिक संजाल मार्फत् उत्तेजित पारेको आरोप लागेका बहलवाला थुप्रै सांसदसहित विभिन्न व्यक्तिलाई कारबाही गर्न पनि आयोगले सिफारिस गरेको छ।

Views: 28


