Aamsanchar

डीडीसीका महत्त्वपूर्ण कागजात सीआईबीको नियन्त्रणमा

Author Image
बुधवार, जेठ १३, २०८३

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले दुग्ध विकास संस्थान (डीडीसी)को केन्द्रीय कार्यालयबाट विभिन्न महत्त्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको छ ।

बुधबार दिउँसो संस्थान पुगेको सीआईबीको टोलीले विशेषगरी संस्थानको दूध संकलन, प्रशोधन र उत्पादनसँग सम्बन्धित पुराना प्रगति विवरणहरू नियन्त्रणमा लिएको हो ।

संस्थानका एक कर्मचारीका अनुसार सीआईबीको टोलीले संस्थानको समग्र दूध संकलन र उत्पादनको अवस्थाबारे चासो राख्दै ती कागजातहरू मागेको थियो ।

ती अधिकारीले यसलाई ‘छापा मारेको’ भन्न नमिल्ने भन्दै आवश्यक कागजातहरू बुझ्नका लागि मात्र टोली आएको बताए ।

टोलीले मुख्यतया संकलन र प्रशोधनको प्रगति विवरणबाहेक अन्य कुनै विषयमा सोधपुछ नगरेको स्रोतले बताएको छ ।

सीआईबीले यी कागजातहरू के प्रयोजनका लागि लगेको हो भन्नेबारे विस्तृत जानकारी प्राप्त भइसकेको छैन । तर, संस्थानको पुराना उत्पादन विवरणहरूमाथि अनुसन्धान सुरु भएको बुझिएको छ ।

Views: 44

प्रतिक्रिया (०)