Aamsanchar

काठमाडौंमा आजदेखि फोहोर नछुट्याए ५ सय रुपैयाँ जरिवाना

Author Image
आइतवार, साउन १, २०७९

अबदेखि काठमाडौं महानगरपालिकाभित्र कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने भएको छ ।

महानगरले आइतवार (साउन १ गते) देखि फोहोरको वर्गीकरण गरी राख्नका लागि यसअघि नै सूचना जारी गरिसकेको छ ।

काठमाडौं उपत्यकाको अन्य पालिकामा पनि आजैदेखि कुहिने र नकुहिने फोहोरलाई अलग अलग राख्नुपर्ने भएको हो ।

महानगरका अनुसार, अब घर, कार्यालय र कलकारखाना लगायतबाट निस्कने कुहिने र नकुहिने फोहोरलाई अलग अलग भाँडोमा संकलन गरेर सवारीसाधनसम्म ल्याउनुपर्नेछ ।

आइतवार र बुधवार कुहिने फोहोर उठ्नेछ भने सोमवार र शुक्रवार नकुहिने फोहोर संकलन गर्ने महानगरले जनाएको छ ।

यदी फोहोरको वर्गिकरण नगरी फोहोर बोक्ने गाडीसम्म लगिएमा फोहोर फिर्ता लैजानुपर्ने र कारबाहीस्वरूप नगद जरिवाना समेत तिर्नुपर्नेछ ।

महानगरले फोहोर वर्गिकरणमा आनाकानी गरेमा प्रत्येक पटक ५ सय रुपैयाँ जरिवाना गर्नेछ ।

Views: 289

प्रतिक्रिया (०)