Aamsanchar

जमिन भासिदा धनकुटाको एउटा गाउँ जोखिममा

Author Image
आइतवार, साउन १, २०७९

धनकुटा  । बर्खा लागे संगै धनकुटाको साँगुरीगढि गाँउपालिका वडा नम्बर– ५ तुङ्खाको जमिन भासिन थाले पछि स्थानीयहरु चिन्तित बनेका छन् । हिउँदमा पानीको मुल फुटेर लेदो सहितको पानी जमिन बाहिर आउने र बर्खामा जमिन धाँजाफाटेर भासिने क्रम नरोकिए पछि गाउँनै जोखिममा परेको छ ।

हिउँद भरी पानीको मुल फुटेर लेदो सहितको पानी जमिन बाहिर आएको स्थान आसपासको जमिन अहिले बर्खा लागेसँगै भासिन थाले पछि स्थानीयलाई त्रास थपिएको छ । यो क्रम दुई वर्ष यता देखि सुरु भएपनि नरोकिएको स्थानीय आशमाया याख्खाले बताउनुभयो । २०७८ सालको कार्तिक बारीमा बिस्फोटको आवाज सहित पानीको मुल फुट्यो, जसका कारण जग्गामा धाँजा फाट्नुको साथै घर समेत चर्किएको उहाँ बताउनुहुन्छ ।

याख्खा सहित गाउँका दर्जन बढीको घर चर्किएको छ भने अन्यको खेतबारीमा धाँजा फाटेर जमिन भासिन थालेको छ । यहाँ पानी सुरुमा धेरै प्रेसरले निस्कने, पानीसँगै लेदो निस्कने गर्छ । अहिले त्यहि मुल फुटेको र धाँजा फाटेको क्षेत्र भने बर्खा लागेसँगै भासिन थालेको छ । स्थानीय दुई परिवारले गाउँनै छाडेको सन्तोस याख्खाले जानकारी दिनुभयो । घर चकिएर बस्ने अबस्थानै नभएपछि एक परिवार डाँडा बजार र एक परिवार धरान बसाइ सरेको याख्खाको भनाइ छ ।

तुङ्खामा ४१ परिवारको बसोबास रहेको छ । उहाँहरुको छ सय रोपनी भन्दा बढि खेतियोग्य जमिन छ । ४१ परिवारनै यो घटनावाट पीडित भएको स्थानीय बिष्णु याख्खा वताउनु हुन्छ । जमिन अलि अलि गदै बर्षेनी भासिदै छ कुन बेला लाने हो थाहा छैन । उहाँ भन्नुहुन्छ । स्थानीय निकाय तथा जिल्ला प्रशासन कार्यालय धनकुटालाई समेत उनिहरुले यो घटनाको बारेमा जानकारी गराएका छन् । तर कुनै सुनुबाइ नभएको गुनासो गाउँलेको छ ।

अनौठो लक्षण सहित बर्खामा समेत नफुटेको पानीको मुल हिउँद लागे पछि फुटेर जमिन समेत चिरा पर्ने तथा बर्खामा जमिन भाषिने भए पछि अहिले स्थानीयमा त्रास फैलिएको हो । आफुहरुले उक्त स्थानमा सुरक्षीत महसुस गर्न नसकेको भन्दै बिज्ञ सहितको टोली आएर अध्यान अनुसन्धान गनुपर्र्ने माग गरेका छन् ।

यो समाचार आजको गोरखापत्रमा कविराज घिमिरेले लेखेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 382

प्रतिक्रिया (०)

सम्बन्धित खबर