Aamsanchar

बोलवंम जानेहरुका लागि नयाँ धार्मिक गन्तव्य डाङग्रे बाबा

Author Image
आइतवार, साउन १, २०७९

अर्जुनधारा । आजबाट साउन महिना सुरु भएको छ यो महिना भगवान शिवको महिना हो, बोलवंम उत्सवको महिना पनि हो । साउन महिनाभरी बोलवंम जाने चलन भए पनि साउनको सोमबार विशेस गरेर देशका विभिन्न शिव मन्दिर र धामहरुमा श्रद्धालुहरुले जल चढाउने चलन रहेको छ । त्यस्तै साउने सोमबारहरुमा झापाको अर्जुनधारा जलेश्वर धाममा पनि लाखौं भक्तजनले जल अर्पण गर्ने र धार्मिक मेलामा सहभागी बन्ने गरेका छन् ।

पहिले झापाको पवित्र कनकाईमाई नदिबाट जल लिएर अर्जुनधारामा चढाउने चलन थियो । आजभोली त्यो क्रम अत्यन्तै कम भएको छ । केही श्रद्धालुहरुले मात्र कनकाईबाट जल दिएर अर्जुनधारामा चढाउने गर्दै आएका छन् । पछिल्ला बर्षहरुमा अर्जुनधाराकै अर्जुन पोखरी पञ्च धाराबाट जल थापेर शिवालयमा जल चढाउनेहरुको संख्या बढेको छ । त्यस कारणले पनि अर्जुनधारमा श्रद्धालुको धेरै घुईचो लाग्ने गरेको छ ।

तर बोलवंमको महत्व भनेको शुद्ध पवित्र जल लोटा, घैलामा बोकेर केही दुरी पैदल हिडेर कुनै पनि शिवालयमा चल चढाउनु पर्ने धार्मिक मान्याता रहेको पाईन्छ ।
परिर्वतित समय अनुसार मानिसहरुमा सहज र सुविधा अनिर्वाय बनेको छ । टाढा टाढा पुगेर जल बोकेर ल्याउन भक्तजनहरु असमर्थ बन्न थालेका छन् । त्यस्तोे अवस्थाले बोलवंम जानुको आनन्द र फरक अनुभूती पनि अर्जुनधारा पुग्ने श्रद्धालुहरुले महसुस गर्न पाईरहेका छैनन् । तर त्यही अर्जुनधारामा रहेका केही स्थानीयहरुले भने बोलवंम पैदल यात्राको आनन्द पनि लिने गरेका छन् । त्यो अवसरका लागि धेरै श्रद्धालुहरु बन्चित रहेका छन् । यहाँ प्रशंग उठाउन खोजिएको विषय हो बोलवंमका लागि अर्जुनधारामै रहेको नयाँ धार्मिक गन्तव्य स्थल डाङग्रे बाबा धाम ।

अर्जुनधाराबाट जल उठाएर डाङग्रे बाबामा लगेर चढाउन सकिन्छ । अर्जुनधार मन्दिरबाट करिव ५ सय मिटरको दुरीमा रहेको अदभूत र रमणिय स्थलमा रहेको छ डाङग्रे बाबा–सेतीदेवी–माता पाथीभरा धाम ।

डाङग्रे बाबा भनेको के हो ?
डाङग्रे बाबा भनेको भगवान शिवको अर्को नाम हो । खासमा डाग्रिया बाबा हो तर अपभ्रंश भएर डाङग्रे बाबा भएको धार्मिक गुरुहरुको भनाई रहेको छ । भारतको असाम राज्यमा डाग्रिया बाबाको प्रशिद्ध घाम रहेको छ ।

अर्जुनधारा मन्दिरबाट कता पर्छ डाङग्रे बाबा धाम ?
अर्जुनधारा जलेश्वर धामको उत्तर गेटबाट करिव २ सय मिटर पस्चिममा चौबाटो रहेको छ । त्यही चौबाटोबाट करिव ३ सय मिटर उत्तर तर्फ देर्बे पटी ठुलो बर–पिपलको वृक्ष रहेको छ । सोही स्थलमा पर्छ डाङग्रे बाबा धाम ।

झापाको अर्जुनधारा–७ पाराखोपीस्थितमा रहेको डाङग्रे बाबा घाम हिन्दु र किरात धर्मवलम्बीहरुको साँझा आस्थाको थलो रहेको छ । डाङग्रे बाबा धामको बारेमा किरात धर्मगुरु आत्मानन्द लिङ्देन सेइङले भनेका छन्, डाङग्रे्रे बाबा देशकै पहिलो धाम हो ।
केही महिना अगाडी इलामको माङसेबुङमा आयोजना भएको धाम संरक्षण तथा सम्वद्र्धन समितिका पदाधिकारी तथा सदस्यहरुसँग छलफलको क्रममा धर्मगुरु लिङ्देनले सो कुरा बताएका हुन् ।

छिमेकी देश भारतको आसाम राज्यमा विशेष पुजा हुने गरेको डाङग्रे बाबा जिउँदो देवताकोरुपमा रहेको उनले दावी गरेका छन् । उनी भन्छन्– ‘स्पष्टरुपमा सबैले देख्न सक्ने डाङग्रे बाबाको उत्पत्ती देशभित्रै हुनु सुखद् पक्ष हो ।’

त्यस्तै धामका उत्पतीकर्ता धर्मगुरु विकास राईले विश्वमा भारतपछि दोस्रो देशकोरुपमा नेपालमा उत्पत्ति भएको डाङग्रे बाबाकोे मानभाव पु¥याउन सक्दा सबैको कल्याण हुने बताए ।

डाङग्रे बाबासँगै सेतीदेवी, साइँली पाथिभरा माता लगायत देवीदेवताको प्रतिमा स्थापना गरिएको छ । उक्त धाममा समितिले हप्ताको सातैदिन विशेष पूजा गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 516

प्रतिक्रिया (०)

सम्बन्धित खबर