

झापा । बैङ्किङ कसुर मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका वडा नं ६ का ४७ वर्षीय टेकनाथ ढुङ्गाना रहेका छन् ।

उच्च अदालत विराटनगर इलाम इजलासको २०७८ चैत १६ गतेको फैसला बमोजिम बैङ्किङ कसुर मुद्धामा उनलाई १ महिना कैद र २८ लाख २२ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

फरार रहेका ढुङ्गानालाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Views: 1135

