Aamsanchar

प्रदेश-१ को नामकरणका लागि छलफल गर्न सर्वदलीय बैठक आह्वान

Author Image
सोमवार, साउन २, २०७९

विराटनगर- प्रदेश-१ सभामुख प्रदीपकुमार भण्डारीले नामकरणका लागि छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । दलहरु नामकरणका लागि आ-आफ्नै अडानमा हुँदा सहमतिका लागि सभामुखले बैठक बोलाएका हुन् ।

सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गतेका लागि नामकरणका विषयमा छलफल गर्न सार्वदलिय बैठक बोलाएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए । सभामुख भण्डारीले प्रदेशसभाको बैठक साउन ८ गते दिउँसो १ बजेका लागि बोलाएको सचिव पराजुलीले बताए ।

Views: 530

प्रतिक्रिया (०)

सम्बन्धित खबर