

झापा- झापा र ताप्लेजुङको दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु भएको छ । पैनीमा डुबेर झापामा एक बालकको मृत्यु भएको हो । मेचीनगर नगरपालिका-५ निवासी पूर्णबहादुर लिम्बूको दुई वर्षीय छोरा इनसाहाङ लिम्बुको डुबेर मृत्यु भएको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार मेचीनगर-५ स्थित राममन्दिर टोलमा खेल्ने क्रममा घर अगाडिको पैनीमा बालक डुबेका थिए । घरभन्दा दुई सय मिटर तल पानीले बगाइरहेको अवस्थामा स्थानीयले देखेर निकालेका थिए। उनलाई उपचारका लागि तत्कालै अस्पताल पुर्याएपनि चिकित्सकले मृत घोषणा गरे।

यसैगरी ताप्लेजुङको मेरिङदिन गाउँपालिकामा रहेको युनाईटेड हाईड्रोपावरमा काम गर्ने काभ्रेपलान्चोक का २९ बर्षीय तिर्थ तामाङको मेवाखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।



