Aamsanchar

सोलुखुम्बुमा बलात्कारका घटनामा वृद्धि

Author Image
बुधवार, साउन ४, २०७९

सोलुखुम्बु – सोलुखुम्बुमा बलात्कारका घटना उच्च गतिमा वृद्धि भएका छन् । बालिकालाई ललाईफकाई बलात्कार तथा यौन दुराचार गर्ने, महिलालाई प्रलोभनमा पार्ने, सहमतिमा यौन सम्बन्ध राखेर शर्त पूरा नगरेपछि प्रहरीमा उजुरी पर्ने गरेका कारण बलात्कारका घटना बढेको प्रहरीले जनाएको छ ।

साेही जिल्लामा एक वर्षको अवधिमा २५ जना बालिका तथा महिला बलात्कृत भएका छन् । आर्थिक वर्ष २०७८/७९ मा ३ जना बालिकासहित २२ जना महिला बलात्कृत भएकाे प्रहरीले जनाएकाे छ ।

साउन महिनामा २, भदौमा ४, असोज र कात्तिकमा २/२, मंसिर र पुसमा ३ साउन महिनामा २, भदौमा ४, असोज र कात्तिकमा २/२, मंसिर र पुसमा ३/३, माघमा १, फागुनमा २, चैत्रमा १, वैशाख र जेठमा २ /२ र असारमा १ जना माथि बलत्कार भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 287

प्रतिक्रिया (०)

सम्बन्धित खबर