Aamsanchar

बिर्तामोडमा अल्पकालिन फोहोर समस्या समाधान गर्नको लागि कार्यदल गठन

Author Image
शुक्रवार, साउन ६, २०७९

बिर्तामोड। बिर्तामोड नगरपालिकाले फोहोरमैला विर्सजन गर्ने स्थलको व्यवस्थापन गरि अल्पकालिन समस्या समाधानका गर्नको लागि कार्यदल गठन गरेको छ ।
नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको कार्यपालिकाको बैठकले नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सदस्यमा वडा नम्बर ७ का वडाध्यक्ष कृष्णप्रसाद खरेल, वडा नम्बर ८ का वडाध्यक्ष अजय कार्की र वडा नम्बर १० का वडाध्यक्ष दुर्योधन गुरुङ्ग रहेका छन् ।

बैठकमा बोल्दै नगरप्रमुख प्रसाईले फोहोर व्यवस्थापनको समस्या विकराल हुनसक्ने भन्दै सबै एकजुट भएर व्यवस्थापनमा लाग्नु पर्ने भनाई रहेको थियो । बैठकले टोल विकास संस्था मार्फत सबै घरधनी र व्यवसायीलाई कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न र फोहोर संकलन गर्ने गाडी आएपछि मात्र फोहोर गाडीमा हालिदिन आग्रह गर्ने निर्णय पनि गरेको छ ।

कार्यपालिकाको बैठकले बिर्तामोड नगरपालिकाको शिक्षा ऐन जारी नभएसम्मका लागि शिक्षकहरुको अन्र्तरपालिका र अन्तर जिल्लाको सरुवा रोक्ने निर्णय गरेको छ । शिक्षा ऐनको मस्यौदा तयार भएर छलफलको क्रममा रहेको र साउनको अन्तिमसम्ममा छलफल सकेर कार्यपालिकामा पेश गर्ने गरि काम भईरहेको प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिए ।

यस्तै चालु आर्थिक वर्षबाट सञ्चालन गरिने नगरस्तरीय तथा वडा स्तरीय योजनाहरु ३ चरणमा विभाजन गरि योजनाहरुको लागत स्टिमेट तयार गर्ने, सम्झौता गर्ने र सम्झौता भएका सबै योजनाहरुको अन्तिम फरफारक बैशाख मसान्तसम्ममा सम्पन्न गर्ने गरि कार्य योजना बनाएर कार्यान्वयन गर्न कार्यालयलाई निर्देशन दिने बैठकले निर्णय गरेको छ ।

बैठकले नगरपालिकाको निर्णय र क्रियाकलापहरुलाई सार्वजनिकिकरण गर्न वडा नम्बर १ का वडाध्यक्ष अग्नीप्रसाद पाण्डेलाई प्रवक्ता तोकेको छ । वडाध्यक्ष पाण्डे यस अघिको कार्यकालमा पनि नगरको प्रवक्ता बन्नु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 526

प्रतिक्रिया (०)

सम्बन्धित खबर