Aamsanchar

श्रीमतीको हत्या गरेर घरको तीन तलाबाट हाम फाल्दा श्रीमानकाे मृत्यु

Author Image
सोमवार, साउन ९, २०७९

चितवन – चितवनको भरतपुरमा श्रीमानले श्रीमतीको हत्या गरेको छन् ।

भरतपुर महानगरपालिका-१० रमाइलोचोकका ४३ वर्षीय कृष्णप्रसाद आचार्यले ३५ वर्षीया श्रीमती रुष्मा आचार्य घिमिरेको हत्या गरेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार गएराति साढे १० बजे आफ्नै घरको बैठक कोठामा धारिलो हतियारले हानेर उनले श्रीमतीको हत्या गरेका हुन् ।

श्रीमतीको हत्या गरी भाग्ने क्रममा घरको तीन तलाबाट हाम फाल्दा कृष्णप्रसादको पनि ज्यान गएको प्रहरीले जनाएको छ । तीन तलाबाट हामफाल्दा गम्भीर घाइते भएका उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा राति ११ बजे ज्यान गएको प्रहरीले जनाएको छ ।

दुवै जनाको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । कृष्णप्रसाद केहीदिन अघि मात्र विदेशबाट फर्किएका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 334

प्रतिक्रिया (०)

सम्बन्धित खबर