Aamsanchar

बिर्तामोडमा ग्रेस इन्टरनेशनलको शाखा उद्घाटन

Author Image
सोमवार, साउन ९, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा ग्रेस इन्टरनेशनलको शाखा उद्घाटन भएको छ ।
आज एक कार्यक्रमका बिच ग्रेस इन्टरनेशनलका केन्द्रिय प्रबन्धक निर्देशक एन्ड्रयु पौडेल र जेष्ठ नागरिक तुलसीराम धितालले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका हुन् ।

हनुमान कम्प्लेक्सको चौथो तल्लामा रहेको  ग्रेस इनटरनेशनल नेपालको १० औं शाखा हो ।

मुख्य कार्यालय काठमाडौंमा रहेको छ । नेपालबाट नेपालीहरूले सञ्चलन गरेको ग्रेस इनटरनेशनल विगत १६ वर्ष अघि स्थापना भएर नेपालमा एक विश्वासिलो शैक्षिक परामर्श दाताको पहिचान बनाउन सफल भएको बिर्तामोड शाखाका अध्यक्ष तथा प्रवन्धन निर्देशक दिपेन्द्र राउतले बताए ।

विश्वका विभिन्न देशहरूमा उच्च शिक्षा लिन चाहने विद्यार्थीहरुको लागि सम्पूर्ण परामर्श प्रदान गर्दै आएको देशकै ठूलो मध्येको एक शैक्षिक परामर्श दाता संस्था रहेको र अष्ट्रेलिया, क्यानडा, यूके, न्युजिल्याण्ड, अमेरिका लगायतका देशमा विद्यार्थीहरु लाइ उच्च शिक्षाको लागि पठाउँदै आएको बिर्तामोडमा शाखाका सञ्चालक तथा शाखा प्रमुख पर्वत धितालले जानकारी दिए ।

‘अष्ट्रेलियाका अधिकांश यूनिर्भसिटी, हायर कलेज लगायतको आधिकारिक एजेन्सीको रुपमा काम गर्ने भएकोले ग्रेसमा विद्यार्थीले धेरै भन्दा धेरै विकल्प पाउन सक्छन् । विद्यार्थीको चाहना, क्षमता र आर्थिक तथा पारिवारीक अवस्थाका आधारमा विद्यार्थीलाई उनीहरूले चाहेकै अप्सन दिन सक्ने भएकाले पनि ग्रेस विद्यार्थीको पहिलो रोजाइ बन्दै आएको छ । विद्यार्थीले चाहेको देश, चाहेकै कलेज तथा यूनिर्भसीटि र चाहेकै कोर्स तथा विषयमा पठाउन सक्ने भएकाले भोलिका दिनमा झापा, इलामलगायत विद्यार्थीको पहिलो रोजाइ ग्रेस बन्ने कार्यक्रमका प्रमुख अतिथि, प्रबन्धक निर्देशक एन्ड्रयु पौडेलले आमसंचारलाई बताए ।

नेपालमा १० वटा शाखा, अष्ट्रेलियाका सात वटै स्टेटमा सात वटा, लगायत भारतको दिल्ली, पाकिस्तान लगायतका ठाउँबाट विद्यार्थीहरूलाई सेवा दिँदै आएको ग्रेस ले बिर्तामोडमा आफ्नो सेवा विस्तार गरेको हो । नेपाल बाट मात्रै ३० हजार भन्दा वढी विद्यार्थी हरुलाइ सेवा प्रदान गरिसकेको ग्रेसीले विद्यार्थीलाई करियर काउन्सिलिङ, भिसा प्रोसेसिङ, डकुमेन्टेसन लागायतका सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ ।

विद्यार्थीलाई नेपाल बाट पठाउने, अष्ट्रेलिया पुगेका विद्यार्थीलाई पनि आफ्नो अध्ययन अवधि भर कुनै प्रकारको शैक्षिक समस्या आइपरेमा सहयोग गर्ने भएकाले ग्रेस विद्यार्थी र अभिभावक दुवैको पहिलो रोजाइमा परेको सञ्चालकको दावी रहेको छ ।

उद्घाटन कार्यक्रममा बिर्तामोड प्याब्सनका अध्यक्ष उत्तम खनाल, ई–क्यान झापाका निवर्तमान अध्यक्ष सुमन शर्मा जमरकट्टेललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन प्रणित पुढाशैनीले गरेका थिए ।

Views: 471

प्रतिक्रिया (०)

सम्बन्धित खबर