Aamsanchar

काठमाडौंको नयाँ बसपार्कस्थित गेष्ट हाउसमा १८ वर्षीया किशोरी बलात्कार

Author Image
सोमवार, साउन ९, २०७९

काठमाडौं- काठमाडौंमा एकजना १८ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा कञ्चनपुर पुनर्वास नगरपालिका–८ घर भएका २४ वर्षीय राकेश विकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । राकेशले ती किशोरीलाई काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क मित्रनगरस्थित गेष्ट हाउसमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।

उक्त खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर