Aamsanchar

उत्तर प्रदेशमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

Author Image
सोमवार, साउन ९, २०७९

काठमाडौं-भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

आज (सोमबार) बिहान भएको दुर्घटनामा २० जना घाइते भएका हुन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि लखनउमा लगिएको भारतीय संचार माध्यमले जनाएका छन् । भारतको बिहारबाट दिल्ली जाँदै गरेको बस एक-आपसमा ठोक्किएर दुर्घटना भएको हो । चालकको लापरबाहीका कारण दुर्घटना भएको आशंकामा अनुसन्धान थालिएको छ ।

भारतमा अधिकांश पुराना सवारी साधन र मर्मत सम्भार नगरिएकाे र सडक लगायतका कारण भारतमा सवारी दुर्घटना हुने गरेका छन् ।

Views: 365

प्रतिक्रिया (०)

सम्बन्धित खबर