Aamsanchar

धरानका मेयर हर्कराज राईसहितले गाएको गीत सार्वजनिक

Author Image
मङ्गलवार, साउन १०, २०७९

सुनसरी – धरान उपमहानगरपालिकका मेयर हर्कराज राई (साम्पाङ) सहितको स्वरमा बनाइएको हाइकिङ गीत धरानमा सार्वजनिक गरिएको छ । सेवक अभियानले सुरु गरेको ‘स्वास्थ्यका लागि पदयात्रा’ अभियानलाई समेटेर बनाइएको गीत सार्वजनिक गरिएको हो । गीतको रचना पदयात्राका अभियन्ता राजीव हलुवाइले गर्नुभएको छ ।

यस गीतमा चर्चित गायक तथा गायिकाहरू राजेशपायल राई, रमना श्रेष्ठ, मेलिना राई, प्रश्ना शाक्य, डिल्ली फोम्बो, शिव लामिछाने, पम्फा चाहारसँगै धरानका मेयर हर्क साम्पाङले पनि स्वर दिनुभएको छ । गीतमा मनोज मोतेले सङ्गीत भर्नुभएको छ । धरानका पाखापखेरीमा घुम्न प्रोत्साहन गर्न र पदयात्राको सम्भावना भएको क्षेत्रलाई समेटेर भिडियो बनाइएको हो ।

कार्यक्रममा धरान–८ मा रहेकाे अनुपमा प्याकेजिङ उद्योगले उत्पादन गरेको प्रिमियम सीटीसी चिया धरान पनि मेयर र उपमेयरलाई हस्तान्तरण गरिएको थियो । हलुवाइले धरानमा पदयात्रा संस्कृतिलाई व्यापक गर्न लामो समयदेखि अभियान चलाउँदै आउनुभएको छ । स्वास्थ्यका लागि हिँडौँ भनेर उहाँले प्रत्येक शनिवार नयाँ–नयाँ ठाउँमा समूह बनाएर पदयात्रा गर्दै आउनुभएको छ ।

हलुवाइको अभियानको प्रभावले धरानमा पदयात्रामा निस्कने धरानेहरुको सङ्ख्या ठूलो छ । पदयात्राको अगुवाइ गरिएकाले यहाँ उहाँ ‘हाइकिङ बाबा’ को नामले पनि परिचित हुनुहुन्छ । उनै हलवाइले रचना गरेको हाइकिङ गीत साेमवार सार्वजनिक गरिएको हो ।

Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर