Aamsanchar

भुवन केसीद्वारा पदबहाली

Author Image
बुधवार, साउन ११, २०७९

काठमाडौं – चलचित्र विकास बोर्ड, नेपालको अध्यक्ष पदमा मनोनित भएका भुवन केसीले आज पदबहाली गरेका छन्।

बुधबार चावहिलस्थित बोर्डको कार्यालयमा अभिनेता केसीले अध्यक्षको रूपमा पदभार ग्रहण गरेका हुन्। पदभारपछि केसीले सबैसँग छलफल गरेर आगामी कार्ययोजना बनाउने बताए। बोर्डको सेवालाई नियमकानूनको परिधिभित्र बसेर सहज ढंगले अघि बढाउने उनले बताए। उनले सरकारले आफूलाई दिएको जिम्मेवारीलाई प्रतिवद्ध भएर अघि बढाउने जिकिर गरे। यसअघिका अध्यक्षले सुरु गरेको कार्ययोजनालाई निरन्तरता दिने र आफ्नो नयाँ कार्ययोजना ल्याउने उनको भनाइ छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई वर्षका लागि बोर्डको अध्यक्षमा केसीलाई मनोनित गरेको थियो।

Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर