झापा। झापाको बुद्धशान्ति गाउँपालिका–६ मा पौडी खेल्ने क्रममा एक बालकको डुवेर मृत्यु भएको छ ।

हिजो दिउँसो बुद्धशान्ति–४ का चन्द्र मावोको १२ बर्षीय छोरा इचिहाङ मावो कुलोको पानीमा पौडी खेल्ने क्रममा अचानक पानीमा डुवी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतक बालकको शवलाई पोष्टमार्टमको लागि मेची अस्पताल पठाएको र घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट अन्य थप अनुसन्धान भईरहेको छ ।
Views: 339

