Aamsanchar

झापा आएर ओलीले भने : गठबन्धन सरकारले जस लिनकै लागि नयाँ नागरिकता विधेयक ल्यायो

Author Image
बुधवार, साउन ११, २०७९

बिर्तामोड​ नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूले जस लिनकै लागि गठबन्धन सरकारले नयाँ नागरिकता विधेयक ल्याएको बताएका छन्।

बुधबार झापाको बिर्तामोडमा आयोजित नेपाल उत्पीडित मुक्ति समाजको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यसअघि प्रचण्डले तीन वर्ष रोकेर राखेको उक्त विधेयक अहिले जस लिनका लागि नै गठबन्धन सरकारले ल्याएको बताएका हुन्।

पहिले समितिमा नागरिकता विधेयक रोकेको र अहिले समितिमा छलफल नै नगराई नयाँ विधेयक ल्याएर सरकारले जनतालाई समेत भ्रममा राखेको उनको भनाइ छ। त्यस्तै ओलीले राष्ट्रियताका पक्षमा उभिएकै कारण गठबन्धनको उद्देश्य एमालेलाई कमजोर पार्ने र सिध्याउने केन्द्रित रहेको तर्क गरे। गठबन्धनमा भएका पार्टीले पहिचानका नाममा राज्यलाई बिखण्डीत गर्ने प्रयास गरेको र गठबन्धन दलका क्रियाकलापकै कारण संघीयता समेत बदनाम भएको धारणा राखे।

अध्यक्ष ओलीले एमालेको ध्यान मुलुकको विकास र सुशासनमा केन्द्रित रहेको जिकिर गरे।

Views: 347

प्रतिक्रिया (०)

सम्बन्धित खबर