काठमाडौँ : बौद्ध धर्मावलम्बी नेवार समुदायको गुँलापर्व शुरु भएको छ। गुँलाथ्व पारू( श्रावण शुक्ल प्रतिपदा)मा शुरु भएर ञलाथ्व पारू (भाद्र शुक्ल प्रतिपदा) मनाउने परम्पा छ। यो वर्ष साृन १३ देखि भदौ १२ गतेसम्म मनाइनेछ।
एक महिनासम्म विभिन्न बाजागाजासहित बौद्ध चैत्य गुम्बा र बिहार परिक्रमा गर्ने चलन छ। विशेषगरी बौद्धमार्गीको पर्व भए पनि अचेल हिन्दु समुदायका श्रद्धालु पनि यो पर्वमा सहभागी हुन थालेका छन्। बौद्ध धार्मिकस्थलसँगै मठमन्दिर पनि परिक्रमा गर्ने चलन बढेको बताइएको छ।
नेपाल संवतको नवौँ महिनामा यो पर्व मनाइन्छ। नेपाल भाषामा ‘गुँ’को अर्थ नौ र ‘ला’को अर्थ महिना भनिन्छ। यो पर्व अवधिभर माछा मासु, जाँडरक्सी, आदि खान नहुने विश्वास गरिन्छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 530