Aamsanchar

बञ्चरो प्रहार गरेर २२ वर्षीय छोराले गरे ७० वर्षीय बुबाको हत्या

Author Image
शुक्रवार, साउन १३, २०७९

धनगढी – बैतडीमा बञ्चरो प्रहार गरेर छोराले बुबाको हत्या गरेका छन् । जिल्लाको डिलासैनी गाउँपालिका–५ सेराका अन्दाजी २२ वर्षीय लोकराज जोशीले शुक्रबार बिहान बञ्चरो प्रहार गरेर बुवा ७० वर्षीय अन्तरामको हत्या गरेको प्रहरीले जनाएको छ ।

बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश पालले शुक्रबार बिहान करीब ५ बजेतिर जोशीले बञ्चरो प्रहार गरेर बुबाको हत्या गरेकाले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी दिए ।स्थानीयकाअनुसार छोराको बञ्चरो प्रहारबाट मारिएका अन्तरामको टाउको र शरीर अलग भएको अवस्थामा शव भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

Views: 347

प्रतिक्रिया (०)

सम्बन्धित खबर
निर्वाचन रोक्न सर्वोच्चमा रिट
मङ्गलवार, पौष २९, २०८२
छैन बन्दको प्रभाव
मङ्गलवार, पौष २९, २०८२