
इलाम । इलामको सूर्योदय नगरपालिका ७ कन्याम स्थित श्री कृष्णाश्रम माध्यमिक विद्यालयका कार्यरत एक शिक्षक उपर आफ्नै छात्रा विद्यार्थीलाई सामाजिक सञ्जालमार्फत अश्लिल शब्द प्रयोग गरेको आरोप लागेको छ ।

एसीई दिएर घरमै रहेकी एक छात्रालाई विद्यालयका विज्ञान पढाउने शिक्षक रमेश पौडेलले अश्लिल शब्द प्रयोग गरेको आरोप लागेको हो ।

शिक्षक पौडेलले मर्यादा भन्दा बाहिर गएर छात्रामाथि गरेको व्यवहार सामाजिक मूल्य र मान्यता भन्दा बाहिर रहेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले विज्ञप्ति मार्फत शिक्षक पौडेलले गरेको कार्य प्रति भर्त्सना गरेको छ । शिक्षक बाट नैतिकता सिकाइनु पर्ने, शिक्षालय जस्तो पवित्र स्थलमा यस्ता गैर जिम्मेवारी कार्य गर्ने शिक्षकलाई हदै सम्मको कारवाही गर्न सम्बन्धित निकाय संग विज्ञप्ति मार्फत राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले माग राखेको छ ।
विज्ञप्तिमा संयोजक शेखर तिम्सिनाको हस्ताक्षर रहेको छ ।




