Aamsanchar

रामचोकको हिमाल सागर पार्टी प्यालेसमा भोली देखि शिवमहापुराण

Author Image
शुक्रवार, साउन १३, २०७९

बिर्तामोड । झापाको बिर्तामोड–२ हिमाल सागर पार्टी प्यालेसमा श्री शिवमहापुराण ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।
धार्मिक अनुष्ठान सेवा समाज र इश्वरादेवी र दिपा संग्रौलाको संयुक्त आयोजनामा आयोजना हुने  शिवमहापुराण भोली (शनिबार) बाट सुरु हुने भएको हो ।

शनिबार विहान ८ बजे शोभायात्राको कार्यक्रम आयोजकले तय गरेको छ । पुराण भने १० बजेबाट शुभारम्भ हुने अनुश्ठानका संयोजक देवीप्रसाद संग्रौलाले जानकारी दिए । संग्रौलाका अनुसार पुराण उद्घाटन समारोहको प्रमुख अतिथिमा पशुपतिनाथका श्रीश्रीश्री १००८ डा. केशवनन्द गुरु महाराज आउने भएका छन् ।

दैविक प्रकोप परेको ठाउँ र मानव सेवाको क्षेत्रमा सहयोग गर्नको लागि कोष स्थापना गर्ने उदेश्यले पुराण आयोजना गरिएको बताईएको  छ । पुराण सम्पन्न गर्न करिव ८ लाख रुपैंया लाग्ने आयोजकले अनुमान गरेको छ भने पुराण सम्पन्न गर्ने खर्च र कोषको लागि जम्मा गर्ने रकम  भक्तजनले दिने भेटी र  धार्मिक अनुष्ठान सेवा समाजको सदस्यता वितरणलाई मुख्य श्रोत बनाउने भएको छ । ५ बर्ष भित्र १०८ पुराण आयोजना गर्ने लक्ष सेवा समाजले लिएको छ । जस अन्तरगत हाल सम्ममा दुई हजार सदस्य भई सकेको र यो पटकको पुराणमा थप तिन हजार सदस्य विस्तार गर्ने योजना आयोजकको रहेको छ । आजिवन सदस्य बन्नको लागि तिन हजार रुपैया संस्थालाई सहयोग गर्नुपर्ने कार्यविधी बनेको र ५ बर्ष भित्रमा एकलाख जना सदस्य बनाउने धार्मिक अनुष्ठान सेवा समाजका अध्यक्ष माधव खनालले बताए ।

धार्मिक अनुष्ठान सेवा समाजले यो पटक आयोजना गर्ने पुराण १० औं पुराण रहेको छ । यस अघि विभिन्न दुर्घम स्थानहरुमा पुराण आयोजना गरेर उठेको रकम सोही ठाउँको धार्मिक स्थलको व्यवस्थापन र प्रवर्र्धनका लागि खर्च गरिएको अध्यक्ष खनालले बताए ।
साउन १४ गते देखि २४ गते सम्म आयोजना हुने महापुराणमा प्रमुख वाचक पण्डित दिनानाथ मिश्र, उपवाचक पण्डित देवेन्द्र पौडेल रहने भएका छन् । पाठ पारायण भने पण्डित भिम प्रसाद मिश्रले गर्ने भएका छन् । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 620

प्रतिक्रिया (०)