Aamsanchar

लिभरपुललाई कम्युनिटी सिल्डको उपाधि

Author Image
आइतवार, साउन १५, २०७९

काठमाडौं :  प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गर्दै लिभरपुलले कम्युनिटी सिल्डको उपाधि जितेको छ। शनिबार किंग पावर रंगशालामा भएको खेलमा लिभरपुलले ३-१ को जित निकाल्यो।

लिभरपुलका लागि ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड,  मोहमद सलाह र डार्विन न्युनेजले समान १-१ गोल गरे। सिटीका लागि जुलियन अल्भारेजले बराबरी गोल फर्काएपनि टिमको हार टार्न पर्याप्त भएन।

खेलको २१ औं मिनेटमा आर्नोल्डले लिभरपुललाई अग्रता दिलाए। सलाहको पासमा उनको पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार सिटिको डिफेन्डरलाई लाग्दै ‘डिफ्लेक्ट’ भएर गोलमा परिणत भएको थियो। अर्जेन्टिनी फरवार्ड जुलियन अल्भारेजले ७० औं मिनेटमा खेल बराबरीमा ल्याए। दोस्रो हाफको ५६ औं मिनेटमा मैदान छिरेका उनले फिल फोडेनको प्रहारलाई रिबाउन्डमा गोल गरे।

तर लिभरपुलले अन्ततिर पुन अग्रता बनाउन सफल भयो। ८३ औं मिनेटमा सलाहको पेनाल्टी गोलमा खेल बराबर गर्‍यो। न्युनेजको हेडरलाई सिटीका कप्तान रुबेन डियासले ह्याण्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए।

इन्ज्युरी समयको पाँचौ मिनेटमा लिभरपुलले तेस्रो गोल संभव बनायो। न्युनेजले गोल गर्दै लिभरपुलको अग्रता ३-१ मा पुर्‍याए। उनले अधिकारिक डेब्युमै गोल गरेसँगै सिजको पहिलो उपाधि जित्न लिभरपुल सफल रह्यो।

Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर