काठमाडौंः हास्य टेलिभिजन कार्यक्रम ‘कमेडी हब’मा हिन्दु देवता शिवको मजाक बनाइएको भन्दै विरोध भएपछि निर्देशक केदार घिमिरे (माग्ने बुढा)ले माफी मागेका छन्।
आइतबार साँझ सार्वजनिक दशौँ भागको ट्रेलरमा देखिएको छोटो क्लिपका कारण कमेडी हब र केदारको चर्को विरोध भएको थियो। उक्त क्लिपमा शिवको चरित्रलाई उच्छृङ्खल देखाइएको थियो। सामाजिक सञ्जालमा विरोध भएपछि उक्त क्लिप युट्युबबाट पनि हटाइएको छ।
केदारले माफी माग्दै लेखेका छन्, ‘हामीले प्रसारण गर्दै आइरहेको कमेडी हब कार्यक्रमको एक प्रस्तुतिमा आराध्यदेव माहादेवलाई लिएर बनाइएको बिषयबस्तु प्रति दर्शक तथा शुभचिन्तकज्युहरुले देखाउनु भएको प्रतिक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ । अन्जान मै हामी बाट भएको त्रुटीप्रति सम्पूर्ण दर्शकज्युहरु समक्ष हामी क्षमा माग्दछौं। साथै हामीले सम्पूर्ण दर्शक ,शुभचिन्तकहरुको सल्लाह र परामर्श बमोजिम यो बिषयबस्तुलाई युट्युब, टिकटक र फेसबुक सबैतिर बाट हटाइ सकेका छौ|। बम बम भोले। जय भोले।’