झापा- झापा प्रहरीले आज विहान र दिउँसो दुई पटक गरेर लाखौं रुपैयाँको अवैध सुपारी बरामत गरेको छ । सोमवार विहान साढे ३ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ दुर्गा मन्दिरस्थित नेपालबाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको ८७ हजार ५ सयको सुपारी बरामत गरेको हो । यस्तै, साढे ११बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सोही वडाबाट ९६ हजारको अवैध सुपारी बरामत गरेको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए । बरामत गरिएको सुपारी आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी गरिएको जनाइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 372