

संशयका बहस, छताछुल्ल भा छन् ।
खै कुन्नी किन हो ? रनभुल्ल भा छन् ।

सुत्ला को भरमा मकैका दाना,
भरीला की थोता, हिसाब यहाँ,
लथालिङ्ग भा छन् ।

कसिन्छन् अनि थिचिन्छन् ।
मिचिन्छन् अनि बेचिन्छन् ।
गोप्य कुराहरू, भित्ताको कानसँगै,
सबै यहाँ सुनिन्छन् ।


थोत्रा र थाङ्ला, सपनाका चाङ्ला,
हुँदैछन् यहाँ, खरानीका साङ्ला ।
जागेका मसानहरू, घाटबाट,
दरबार छिर्दै, बनेका जमात,
परलोक सुधार्न नसकेका आत्मा,
खेल्दैछन् यहाँ होली रगतमा,
खेल्दैछन् यहाँ होली रगतमा ।।
Views: 509

