Aamsanchar

तेह्रथुममा धान कुट्ने मुश्लिले हिर्काएर २४ बर्षीय छोरा गरे बुबाको हत्या

Author Image
मङ्गलवार, साउन १७, २०७९

तेह्रथुम- तेह्रथुमको छथर गाउँपालिका-५ ठकुरी टोलका ५३ बर्षीय भक्त बहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको छ । आज बिहान सवा ६ बजेको समयमा भण्डारीका २४ बर्षीय छोरा टंक भण्डारीले अचानक धान कुट्ने मुश्लिले बुबालाई टाउकोमा प्रहार गरी घाईते बनाएका थिए ।  प्रहरी चौकी शुक्रवारेबाट प्रहरी टोली खटिएर घाईतेलाई उपचारको लागी छथर अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संग्लग्न छोरा टंक भण्डारी तत्काल फरार रहेको र निजको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 382

प्रतिक्रिया (०)

सम्बन्धित खबर