Aamsanchar

हल्दिवारीमा एक बृद्द धानखेतमा मृत फेला

Author Image
मङ्गलवार, साउन १७, २०७९

हल्दिवारी : हल्दिवारी -५ का अन्दाजी ८३ बर्षिय चन्दमान राईको खेतको आलिबाट लडेर मृत्यु भएको छ । हल्दिवारी गाउँपालिकाको कार्यालय देखि २ सय मिटर दक्षिण धानखेत भित्र राईलाई स्थानीयले मृत अवस्थामा भेटेपछि प्रहरीलाई खवर गरेका हुन्।

स्थानीय मंगलबारे बजारबाट घर फर्कने क्रममा धान खेतको आलिबाट पानीमा लडेका राईको घटना स्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

मृतक राईको शवलाई आवश्यक प्रक्रिया पुरा गरी जिल्ला प्रहरी कार्यालय झापाको टोलिले पोष्टमाटम को लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 529

प्रतिक्रिया (०)