Aamsanchar

जयसपुरबाट गाईको मासुसहित दुई जना पक्राउ

Author Image
मङ्गलवार, साउन १७, २०७९

काठमाडौं – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरबाट आज प्रहरीले गाईको मासुसहित दुई जनालाई पक्राउ गरेको छ ।

गाई काट्दै गरेको सूचनाको आधारमा गएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१७ थुकैलाका ४६ वर्षीय सलाउद्दीन जोलाहा र सोही ठाउँका ५३ वर्षीय बदरुद्दीन जोलाहालाई डेढ क्विन्टल गाईको मासुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

उनीहरूसँग गाई काट्न प्रयोग हुने औजारसमेत प्रहरीले बरामद गरेको छ । उनीहरूमाथि गौबधसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 459

प्रतिक्रिया (०)

सम्बन्धित खबर