

बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले झापाली पत्रकारहरू सँग अनौपचारिक भेटघाट गरेका छन् । बुधबार बिर्तामोडमा भएको भेटको क्रममा अध्यक्ष लिङदेनले पत्रकार सँग राप्रपाका लागि सुझाव सल्लाह मागेका थिए । यसरी पत्रकारहरू सँग सल्लाह माग्ने पार्टीको केन्द्रिय अध्यक्षहरूमा लिङदेन पहिलो भएको पत्रकार उमाकान्त खनालले बताए ।

पार्टी समर्थक पत्रकारका सङ्गठनमा आवद्ध पत्रकारहरू सँग मात्र भेटघाट गर्ने दलका केन्द्रिय नेताहरूको चेतनशिल लाई चिर्दै समावेशी दलमा आस्था राख्ने पत्रकारहरूसँग भेट गरेर पत्रकार कुनै पार्टीको निजी हुदैनन् भन्ने सन्देश लिङदेनले दिएको केही पत्रकारहरुले धारणा राखेका थिए । केही पत्रकारहरू अन्य दल सँग प्रत्यक्ष आवद्ध रहेका र केही आस्था मात्र राख्ने र शुभेच्छुहरू रहेका थिए । यसरी सबै पार्टीका प्रत्यक्ष वा सर्मथक शुभेच्छुक पत्रकारहरू राप्रपाको अध्यक्षले बोलाउँदा एकै ठाउँ उपस्थित हुनुले आफू छक्क परेको एक स्वतन्त्र पत्रकारले बताए ।
झापा मा राप्रपा समर्थक पत्रकार संगठन पनि रहेको छ ।

भर्खरै एमाले अध्यक्ष केपी ओलीले बिर्तामोडमा प्रेस चौतारीमा आवद्ध पत्रकारहरू बाहेक अरु पत्रकारलाई साक्षातकार कार्यक्रममा बोलाएका थिएनन । एमाले समर्थक बाहेकका पत्रकारले उक्त कार्यक्रममा जानु पर्ने हुदाँ प्रेस चौतारीको सदस्यता लिएर जानु पर्ने प्रेस चौतारीका झापा अध्यक्ष मनकुमार गदालले बताएको एक पत्रकारले बताए ।
आगामी हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको तयारी गरिरहेको बारेमा अध्यक्ष लिङदेनले चर्चा गरेका थिए । अध्यक्ष लिङ्देनले यस पटक पनि आफु झापा क्षेत्र नं ३ बाटै उठ्ने संकेत गरेका छन् । लिङ्देनले फेरि पनि आफू त्यही क्षेत्रबाट उठ्ने संकेत गरेका हुन् । ‘३ नम्बर क्षेत्र छोडेर कहाँ जानु अध्यक्ष लिङ्देनले भने ‘मेरा सवै देवी देवता ३ नम्बरमै छन् ।’
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रसँग गठबन्धन गरेर चुनाव जितेका नेता लिङ्देनले आगामी निर्वाचनमा गठबन्धन गरेर जाने वा एक्लै लड्ने टुङ्गो नभएको बताउँदै त्यतिबेलाको अवस्था अनुसार अघि बढ्ने बताएका छन् ।
उनले चुनावमा गठबन्धन बनाउनु स्वाभाविक र प्राकृतिक कुरा भएको बताएका छन् । नेपालका राजनीतिक दलको गठबन्धन बिचारको आधारमा नबनेको उनले जिकिर गरे । लिङ्देन राप्रपाको अध्यक्ष भएपछि पहिलो पटक झापाका पत्रकारहरूसँग सुझाव सङ्कलनका क्रममा भेटघाट गरेका हुन् ।
पत्रकार भेटघाटका क्रममा अध्यक्ष लिङ्देनले परिवर्तन भन्ने कुरा सामान्य ब्यक्तिबाटै हुने बताउँदै सानो आशाको दियोको रुपमा आफ्नो राजनीतिक भएकाले सबैको साथ र सहयोग आवश्यक रहेको बताएका छन् । पत्रकार भेटघाट कार्यक्रममा पार्टीका प्रवक्ता भक्ति सिटौला, पार्टीका झापा अध्यक्ष केशवप्रसाद ओझा, मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाईलगायतको उपस्थिति रहेको थियो ।
भेटघाटमा पत्रकारहरुको तर्फबाट उमाकान्त खनाल, प्रदिप परियार, प्रेम आचार्य, सुरेन्द्र भण्डारी, गणेशमान मुखिया, इन्द्रजित मुखिया, गोपाल काफ्ले, लिला अनमोल, विनोद पाण्डे, नारायण अर्याल, राजन नेपाल, सुब्रत न्यौपानेलगायतले अध्यक्ष लिङदेनलाई सुझावहरु दिएका थिए ।
पत्रकारहरुले दिएको सुझावमा, भ्रष्टार विरोधी आन्दोलनलाई सशक्त बनाउनु पर्ने, एमाले संग गठबन्धन गरेर चुनाव लड्दा फाईदा हुने, गठबन्धन गरेर जहिलै चुनाव लड्ने हो भने राप्रपाको आफ्नो जनमत गुम्न सक्नेलगायतका सुझावहरु रहेका थिए ।

