Aamsanchar

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ बर्षिय युवक पक्राउ

Author Image
शुक्रवार, साउन २०, २०७९

तेह्रथुम –  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा छथर गाउँपालिका-२ फयाक बस्ने २१ वर्षीय षडानन्द नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

नेपालीले ती बालिकालाई ललाई फकाई साउन १२ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने जाहेरी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 403

प्रतिक्रिया (०)

सम्बन्धित खबर