काठमाण्डाै – २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज भारत र बङ्लादेश खेल्दैछन् । खेल भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदान बेलुका सवा ७ बजे सुरु हुनेछ । बङ्लादेश शीर्ष र भारत दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।
गएको मङ्गलवार भएको खेलमा साविक विजेता भारत माल्दिभ्सलाई १–० गोलले हराउँदै फाइनलमा पुगेको थियो ।
त्यस्तै बङ्लादेशसँगको खेलमा एक/एक गोलको बराबरी खेलेको नेपाल समूह चरणबाट बाहिरिएको थियो ।
माल्दिभ्ससँगको खेलमा रातो कार्ड पाएका भारतका पार्थिव सुन्दर गोगोईले आजको खेल गुमाउनेछन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
+1
+1
+1
+1
+1
Views: 358